२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

गण्डकी टाइम्स
बुधवार, कार्तिक १५ २०८०
गण्डकी टाइम्स
बुधवार, कार्तिक १५ २०८०
  • काठमाडौं, १६ कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानले घरेलु टिम नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो । ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाए । नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन थपे । नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । अभिनाश बोहरा र गुल्सन झाले एकरएक विकेट झारे । छनोटको समूह ‘ए’मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ‘ए’मा दुई खेलबाट समान चार अंक जोडे पनि नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । सेमिफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’बाट युनाइटेड अरब इमिरेट्स ९यूएई०ले अन्तिम चारमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij