२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

टी(२० विश्वकपमा पुग्ने निर्णायक खेलमा युएईसँग भिड्दै नेपाल

टी(२० विश्वकपमा पुग्ने निर्णायक खेलमा युएईसँग भिड्दै नेपाल

गण्डकी टाइम्स
बिहिवार, कार्तिक १६ २०८०
गण्डकी टाइम्स
बिहिवार, कार्तिक १६ २०८०
  • काठमाडौं, १७ कात्तिक । नेपालले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने आइसिसी टी(२० विश्वकपमा पुग्ने निर्णायक खेलमा आज युएईको सामना गर्दैछ। एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ। विजेता टिमले विश्वकपमा स्थान बनाउने छ। नेपाल २०१४ पछि विश्वकप पुग्ने लक्ष्यमा रहेको छ। जारी प्रतियोगितामा नेपाल समूह ‘ए’को उपविजेता र युएई समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेपछि दुई टिम अन्तिम चारमानै भिड्न लागेका हुन्। यसअघि नेपालले २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न अवसर गुमाएको थियो। नेपाल त्यो हारको बदला लिँदै विश्वकप पुग्ने लक्ष्यमा रहँदा युएई नेपाललाई नै हराएर विश्वकप खेल्ने लक्ष्यमा रहेको छ। नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हार्न पुग्दा समूह विजेता बन्न असफल भयो। युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराउँदा हङकङलाई २२ रनले हराएको थियो। आजको अर्को सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो। ओमान समूह ए को विजेता र बहराइन समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन्। यो खेलको विजेता टोली पनि टी(२० विश्वकपमा स्थान बनाउने छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij