२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

यूएईविरुद्ध सानदार जित हात पार्दै नेपाल ट्वान्टी-२० विश्वकपमा

यूएईविरुद्ध सानदार जित हात पार्दै नेपाल ट्वान्टी-२० विश्वकपमा

गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १७ २०८०
गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १७ २०८०
  • काठमाडौँ, १७ काठमाडौ । नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको ट्वान्टी(२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्‍यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कुशल भुर्तेल २ चौका प्रहार गरी ८ बलमा ११ रन बनाइ आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए । ट्वान्टी(२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको थियो । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगैं विश्वकपमा पुगेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १४।१ ओभरमै पुरा गरेको थियो । नेपालले दशकपछि ट्वान्टी(२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । ९ वर्षअघि विश्वकप खेलेको नेपाली टोलीका सोमपाल कामी अहिले पनि प्रमुख खेलाडीका रूपमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij