२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

टी-२० विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै

टी-२० विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै

गण्डकी टाइम्स
शनिवार, कार्तिक १८ २०८०
गण्डकी टाइम्स
शनिवार, कार्तिक १८ २०८०
  • काठमाडौं, १९ कात्तिक । नेपालमा जारी आईसीसी टी २० विश्वकप छनोट अन्तर्गत फाइनल खेल आज हुँदै छ । विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा घरेलु टोली नेपालले आज ओमानसँग खेल्न लागेको हो । खेल त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा आज (आइतबार) बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij