२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपाल वेयर हाउजिङको आईपीओ आजदेखि निष्कासन

नेपाल वेयर हाउजिङको आईपीओ आजदेखि निष्कासन

गण्डकी टाइम्स
शनिवार, मंसिर ९ २०८०
गण्डकी टाइम्स
शनिवार, मंसिर ९ २०८०
  • काठमाडौं, १० मंसिर । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्कासन गर्न लागेको हो । उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । छिटोमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नपरे मंसिर २४ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले ‘आईआरएन डबल बी’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij