२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

गण्डकी टाइम्स
मंगलवार, मंसिर २६ २०८०
गण्डकी टाइम्स
मंगलवार, मंसिर २६ २०८०
  • काठमाडौँ, २७ मङ्सिर। म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो । समुह ‘ए’ अन्तर्गतको यस खेलमा बायर्नले १–० गोल अन्तरले म्यानचेस्टरलाई पराजित गरेको थियो । बायर्नको जितमा किंग्स्ली कोम्यानले खेलको ७०औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि बायर्न म्युनिख समुह ‘ए’ मा ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहेर राउण्ड अफ १६ मा पुगेको छ । साथै समुह ‘ए’ बाट कोपनहेगन ६ खेलमा ८ अंकसहित दोस्रो हुँदै राउण्ड अफ १६ मा पुगेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ६ खेलबाट ४ अंक रहेको छ र समुह ‘ए’ को पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij