२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेड २–१ ले विजयी

एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेड २–१ ले विजयी

गण्डकी टाइम्स
आइतवार, माघ २८ २०८०
गण्डकी टाइम्स
आइतवार, माघ २८ २०८०
  • एजेन्सी। इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ। एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा युनाइटेड २-१ ले विजयी बन्यो। खेलको १७औं मिनेटमा युनाइटेडको पहिलो गोल र्यासमस होईलन्डले आफ्नो नाममा दर्ता गरे। त्यसैगरी खेलका ६७औं मिनेटमा एस्टन भिल्लाका डगलस लुइजले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याए। ८६औं मिनेटमा युनाइटेडका डियोगो डालोटको क्रसमा स्कट मक्टोमिनेले दोस्रो गोल गर्दै आफ्नो टिमलाई जित दिलाए। यो जितसँगै युनाइटेड २४ खेलमा ४१ अंकसहित तालिकाको चौथौ स्थानमा छ भने भिल्ला समान २४ खेलमा ४६ अंकसहित पाँचौँ स्थानमा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij