२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

इतिहासमै पहिलो पटक वेस्टइन्डिज क्रिकेट टोली नेपाल आउँदै

इतिहासमै पहिलो पटक वेस्टइन्डिज क्रिकेट टोली नेपाल आउँदै

गण्डकी टाइम्स
सोमवार, बैशाख १० २०८१
गण्डकी टाइम्स
सोमवार, बैशाख १० २०८१
  • काठमाडौं, ११ बैसाख । वेस्टइन्डिज क्रिकेट बोर्डले रोस्टन चेशको कप्तानीमा नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजले २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको हो । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा समावेश छन् । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार घरेलु मैदानमा हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो बुधबार, चौथो बिहीबार र पाँचौं खेल शनिबार हुनेछ । ओपनर इभिन लुइस छनोटमा उपलब्ध नभएकाले र ब्रेन्डन किंग भने चोटका कारण नेपाल आउने छैनन् । वेस्टइन्डिज क्रिकेट टोली आफ्नो इतिहासमै पहिलो पटक नेपाल आउन लागेको हो । वेस्टइन्डिजको टोलीमा रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij