बंगलादेशसँग हार्दै सकियो नेपालको विश्वकप यात्रा
बंगलादेशसँग हार्दै सकियो नेपालको विश्वकप यात्रा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ३ असार । समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालको आईसीसी टी-२० विश्वकपको यात्रा समाप्त भएको छ। १४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको हो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ। नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेका छन्। नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली बनेको छ।
बंगलादेश अब सुपर ८ मा भारत, अफगानिस्तान, अस्ट्रेलिया रहेको समूह ए मा रहनेछ। बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रन बनाउँदा अलआउट भयो।
प्रतिक्रिया