२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

भारतले १७ वर्षपछि दोस्रो पटक जित्यो आईसीसी टी-२० विश्वकप उपाधि

भारतले १७ वर्षपछि दोस्रो पटक जित्यो आईसीसी टी-२० विश्वकप उपाधि

गण्डकी टाइम्स
शनिवार, आषाढ १६ २०८१
गण्डकी टाइम्स
शनिवार, आषाढ १६ २०८१
  • काठमाडौं, १५ असार । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । बार्बाडोसस्थित किङ्सटाउन मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले दिएको १७७ रन लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित १९.५ ओभरमा अलआण्ट भएर १६८ रनमा समेटिएपछि भारतले उपाधि जितेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij