काठमाडौँ, १७ साउन। बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक टीकाराम नेतीले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १४ लाख रुपैयाँ गायब गरिएको बताएका छन् । आफ्नी श्रीमती मन्जु नेपालले पटकपटक फरक-फरक मितिमा प्रभु बैंकको बिर्तामोड शाखामा रु. १ करोड १४ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेकोमा खातामा २ लाख मात्र जम्मा देखिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौला आफूले जम्मा गरेको रकम नियतबश हिनामिना गरि आफ्नो दुईवटै मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन बनेको बताएका छन् ।