२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

किन बन्यो सुनको मूल्यमा नयाँ रेकर्ड ?

किन बन्यो सुनको मूल्यमा नयाँ रेकर्ड ?

गण्डकी टाइम्स
शनिवार, श्रावण १९ २०८१
गण्डकी टाइम्स
शनिवार, श्रावण १९ २०८१
  • काठमाडौं, १९ साउन । पछिल्लो समय सुनले आफ्नो मूल्यमा नयाँ-नयाँ रेकर्ड कायम गरेको छ। यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो । सुनको मूल्य रेकर्डस्तरमा पुग्नुमा मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोरी कारण रहेको विश्लेषकहरूले बताएका छन्‌ । नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम सुनको मूल्य १ लाख २४ हजार ९१५ रुपैयाँ थियो । साता भरको उतारचढाव पश्चात्‌ साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च हुनेगरी प्रति १० ग्राम १ लाख २८ हजार ५१५ रुपैयाँ कायम भएको हो । साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३ हजार ६०० रुपैयाँ बढी हो । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७४० रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७९५ रुपैयाँ कायम भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij