२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने

‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने

गण्डकी टाइम्स
बुधवार, श्रावण ३० २०८१
गण्डकी टाइम्स
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ, ३० साउन । १६ औँ संस्करणको नाडा अटो शो २०२४ घोषणा भएको छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार ललितपुरमा एक समारोहको आयोजना गर्दै अटो शोको औपचारिक रूपमा घोषणा गरेको हो । १६ औँ पटकको अटो शो भदौ ११ देखि १६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठूला गरी १३० वटा स्टल रहने र ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्गे बान्डहरू, १२ हल्का व्यावसायिक र सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । साथै ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij