२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

गण्डकी टाइम्स
बुधवार, भाद्र ५ २०८१
गण्डकी टाइम्स
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं, ५ भदौ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij