२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य

गण्डकी टाइम्स
शुक्रवार, भाद्र २१ २०८१
गण्डकी टाइम्स
शुक्रवार, भाद्र २१ २०८१
  • काठमाडौं, २१ भदौ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij