सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ३० असोज । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो ।
जसअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै बुधवार आएर सुनको मूल्य १ लाख ६२ हजार नजिक पुगेको हो ।
मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ७२० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य पनि बढेको छ ।
प्रतिक्रिया