यी हुन् बंगलादेशविरुद्ध फाइनल खेल्ने नेपाली टोली
यी हुन् बंगलादेशविरुद्ध फाइनल खेल्ने नेपाली टोली
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्धको सुरुवाती ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेशविरुद्धको फाइनलका लागि सुरुवाती ११ सार्वजनिक गरेका हुन्। भारतविरुद्धको खेलबाट नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ।
फरवार्ड रेखा पौडेलको स्थानमा सरु लिम्बु आएकी छिन्।
नेपाली टोलीः
एञ्जिला तुम्बाप्पो सुब्बा, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्ब’, सावित्रा भण्डारी, गिता राना, प्रिती राई, सविता रानामगर, अमिषा कार्की।
प्रतिक्रिया