२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

`गणतन्त्र सम्झौताबाट होइन, जनताको आँशु र रगतबाट आएको हो´: नेता सरल सहयात्री

`गणतन्त्र सम्झौताबाट होइन, जनताको आँशु र रगतबाट आएको हो´: नेता सरल सहयात्री

गण्डकी टाइम्स
आइतवार, चैत्र २३ २०८१
गण्डकी टाइम्स
आइतवार, चैत्र २३ २०८१
  • काठमाडौं, २३ चैत । नेकपा (माओवादी केन्द्र)का नेता सरल सहयात्रीले गणतन्त्र कुनै टेबलमुनिको सहमतिबाट नभई जनताको आँशु, रगत र पसिनाको मूल्यमा प्राप्त भएको उल्लेख गरेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै उनले ०५८ सालको प्रथम शान्तिवार्ताका क्रममा सिलगुढी बैठकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको प्रस्ताव अघि सारेको स्मरण गराएका छन्। सो प्रस्ताव दलहरूबीच सहमति भइसकेको अवस्थामा पनि जनतामा लैजानुको सट्टा दरबारको ढोकामा पुर्‍याइएकोप्रति उनले आक्रोश व्यक्त गरेका छन्। उनको भनाइमा यदि त्यो ‘स्मरणपत्र’ दरबारमा नलगिएको भए सायद थप १३ हजारभन्दा बढी नागरिकले ज्यान गुमाउनु पर्ने थिएन। "इतिहास बनाउने अवसर छाडेर दरबारतिर लम्पसार परेकाहरू आज आएर ‘गणतन्त्र हामीले ल्यायौं’ भन्ने गफ दिइरहेका छन्," उनले लेखेका छन्। नेता सहयात्रीले संघर्षको बेलामा सम्झौता गर्ने र सम्झौताबाट परिवर्तनको श्रेय लिने प्रवृत्तिलाई आजको राजनीतिक पतनको मूल कारण मानेका छन्। उनले भनेका छन्, "गणतन्त्रको श्रेय उनीहरूलाई दिऊँ जसले देशैभरिबाट ५० लाखभन्दा बढी जनसङ्ख्यालाई सहरतर्फ ओर्लिए। उनीहरूलाई दिऊँ जसले दश वर्षसम्म रगत, पसिना र आँशु बगाए।" सहयात्रीले जनताको योगदानको अपमान गर्ने र आफू बाहेक अरूलाई भ्रम भन्नेसोचले गर्दा लोकतन्त्रमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन्। आइतबार मात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गणतन्त्र ल्याउनेबारे गिरिजा र मैले ज्ञानेन्द्रसँग सहमति गरिसकेको र प्रचण्ड पछि मिसिन आएको भन्ने अभिव्यक्ति दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij