२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

विकास हाइड्रोपावरको आइपीओ बिक्रि आजदेखि खुल्यो

विकास हाइड्रोपावरको आइपीओ बिक्रि आजदेखि खुल्यो

गण्डकी टाइम्स
मंगलवार, आषाढ १७ २०८२
गण्डकी टाइम्स
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौं, १८ असार । विकास हाइड्रोपावर कम्पनीको आजबाट प्राथमिक शेयर (आइपिओ) बिक्रि सुरु भएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३ सयको १० प्रतिशत शेयर आम सर्वसाधारणको लागि खुला गरेको हो । कम्पनीले कुल चुक्ता पुँजीको १० प्रतिशत प्राथमिक शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाइ १० प्रतिशत शेयर नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्कृत लिएर बिदेशमा बसि रोजगारी गरिरहेका नेपाली र २ प्रतिशत शेयर आयोजनाको कर्मचारी र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषलाई बिक्रि बितरण गर्नेछ । कम्पनीको प्राथमिक शेयर खरिद गर्न चाहने खरिदकर्ताले न्युनतम १० कित्ता शेयरमा आबेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ता शेयरमा आबेदन दिन सक्नेछन् । आबेदकले आज असार १८ देखी ढिलोमा २२ असार सम्ममा आबेदन दिन सक्नेछन् । कम्पनीको धोतोपत्र निश्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij