माओवादी केन्द्रले बोलायो आकस्मिक पदाधिकारी बैठक
माओवादी केन्द्रले बोलायो आकस्मिक पदाधिकारी बैठक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।
बैठक आज (बिहीबार) दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा बोलाइएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुनेछ ।
बैठकमा कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका र बाढीपहिरोको क्षति तथा राहत उद्धारका विषयमा छलफल हुने सापकोटाले बताए ।
प्रतिक्रिया