२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः विप्लव

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः विप्लव

गण्डकी टाइम्स
मंगलवार, श्रावण ६ २०८२
गण्डकी टाइम्स
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ, ६ साउन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी नेकपा (माओवादी केन्द्र) रहेको आरोप लगाएका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। राजनीतिक अवस्था लथालिङ्ग र कम्युनिष्ट कार्यकर्ताहरू अपमानित हुने ठाउँमा पुग्नुमा माओवादीको त्रुटी रहेको आरोप लगाए। उनले जिम्मेवार र कमजोरीबाट भाग्ने छुट कम्युनिष्ट पार्टीहरूलाई नरहेको पनि बताए। उनले भने, ‘नेपालको राजनीति अस्थिर र भ्रष्टिकरण हुनुमा कम्युनिष्टको दोष छ। कम्युनिष्ट शक्तिहरूमा माओवादीको सबैभन्दा ठूलो दोष छ। आजको राजनीति भ्रष्ट हुनु, लथालिङ्ग हुनुमा, नेता कार्यकर्ताहरूलाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबैभन्दा त्रुटी माओवादीको छ। हाम्रो हो नि। हामी उम्किने ठाउँ छैन।’ स्वेच्छाचारी रुपमा लामो समयसम्म देशको शासन गरिरहने सोचेको खण्डमा जोसुकैले पनि जनविद्रोहको सामना गर्नुपर्ने उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij