काठमाडौं, १२ साउन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र 'विप्लव' ले आफू संयोजक रहेको समाजवादी मोर्चा विघटन गर्नुपर्ने ठोस प्रस्ताव अघि सारेका छन्। मोर्चा शक्तिको साधनमा सीमित भएको भन्दै उनले मोर्चा विघटन गर्नुपर्ने आशय व्यक्त गरेका हुन् ।
माओवादी केन्दका अध्यक्ष प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विप्लवले मोर्चालाई समाजवाद होइन, व्यक्तिगत शक्ति विस्तारको प्लेटफर्म बनाइएको बताएका छन्। साउन ६ मा विप्लव र जनार्दन शर्माले एकै कार्यक्रमबाट माओवादी नेतृत्वमाथि कडा आलोचना गरेका थिए । त्यसको भोलिपल्ट पुष्पलाल स्मृति कार्यक्रममा विप्लवले माओवादीको कारण नै कम्युनिष्ट आन्दोलन कमजोर भएको बताए।
भेटघाट गर्दै विप्लव र जनार्दन शर्मा।
त्यसयता भएका भेटघाट र बहसले मोर्चा एकीकरणतर्फ होइन, विघटनतर्फ लम्किरहेको स्पष्ट सङ्केत दिन थालेको छ। नेकपाका प्रवक्ता खड्कप्रसाद बिश्वकर्मा प्रकाण्डले समेत समाजवादी मोर्चाको औचित्यमाथि प्रश्न उठाएको बताउँदा, विप्लवको असन्तुष्टि व्यक्तिगत होइन, संस्थागत हो भन्ने संकेत मिलेको छ।
प्रचण्ड-माधव भने विप्लवको यो सक्रियताबाट राजनीतिक दबाबमा परेका छन्। मोर्चा विघटनको प्रस्तावले बाम गठबन्धनभित्र नयाँ ध्रुवीकरण निम्त्याउने संकेत देखिएको छ।