माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) ले आजको लागि पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
स्थायी कमिटी बैठकको एजेन्डा र केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारी बैठकमा छलफल हुने उपाध्यक्ष सापकोटाले बताए।
बिहीबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।
प्रतिक्रिया