२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मुख्यमन्त्रीको राजीनामा नआए सरकार छाड्ने एमालेको तयारी

मुख्यमन्त्रीको राजीनामा नआए सरकार छाड्ने एमालेको तयारी

गण्डकी टाइम्स
बिहिवार, श्रावण १५ २०८२
गण्डकी टाइम्स
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौँ, १५ साउन । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बालुवाटारसम्म पुगेको छ । यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री काँग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन लगाउने सम्मका चर्चा भएको छ । बैठकमा एमाले अध्यक्षसमेत रहेका ओली, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार काँग्रेस सभापति देउवाले मुख्यमन्त्री लामालाई आजै काठमाडौँ बोलाएका छन् । लामा पनि देउवालाई भेट्न आउँदै गरेको ती नेताले बताए । देउवाले लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नेसमेत बैठकमा छलफल भएको छ । मुख्यमन्त्री लामाले पनि आफू काठमाडौँ आउँदै गरेको बताए । एमालेले पनि पहिला काँग्रेसले नै आन्तरिक किचलो मिलाओस् भन्ने धारणा बैठकमा राखेको थियो । यदि देउवाको आग्रह पनि नमाने लामालाई दिएको समर्थन फिर्ता लिँदै एमालेले सरकार छाड्नेसम्मको विकल्पमा दुई दलबीचको कुराकानी भएको छ । पार्टी प्रदेश संसदीय दलको नेताको हैसियत गुमाए पनि बागमती प्रदेशका मुख्यमन्त्रीबाट लामाले राजीनामा दिएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij