२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

गण्डकी टाइम्स
बिहिवार, श्रावण २९ २०८२
गण्डकी टाइम्स
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौँ, २९ साउन। प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौमा पाँच दिने चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुने दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन्। जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री को भ्रमण १४–१८ भदौमा हुने बताइएको छ। चीनमा उनले त्यहाँका राष्ट्रपति सी चिनफिङका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्नेछन्। संयुक्त भेटको पनि तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij