२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भ्रष्टाचारी र तस्करहरूले नै समाजवादको नारा लगाइरहेका छन् : विप्लव

भ्रष्टाचारी र तस्करहरूले नै समाजवादको नारा लगाइरहेका छन् : विप्लव

गण्डकी टाइम्स
शनिवार, श्रावण ३१ २०८२
गण्डकी टाइम्स
शनिवार, श्रावण ३१ २०८२
  • सुर्खेत, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका प्रमुख राजनीतिक दलहरूले ‘समाजवाद’ को नारालाई खोक्रो बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको आरोप लगाएका छन् । उनले नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको र देश दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चङ्गुलमा फसेको बताए । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले अहिलेको व्यवस्थाले युवाहरूको भविष्य सुरक्षित गर्न नसक्ने ठोकुवा गरे ‘अहिले नेपालमा समाजवाद भन्ने शब्दको यति दुरुपयोग भएको छ कि भ्रष्टाचारी, तस्कर, मान्छे बेचेर खानेहरू सबैले समाजवादकै कुरा गरिरहेका छन्,’ उनले भने– ‘समाजवाद भन्ने नेताहरू नै प्रधानमन्त्री र मन्त्री छन्, तर देश दलाल पुँजीवादको चङ्गुलमा छ ।’ विप्लवले युवाहरूको विदेश पलायनको भयावह चित्र प्रस्तुत गर्दै यो अवस्था वर्तमान राजनीतिको असफलताको उपज भएको समेत बताए । ‘नेपालका युवाहरू विदेश जाँदा एयरपोर्टमा नाङ्गै बनाएर बेइज्जत गरिन्छ, हाम्रा दिदी बहिनीहरूमाथि चरम शोषण हुन्छ, अरबका अस्पतालहरूमा हजारौँ नेपाली युवाका लास अलपत्र छन्,’ उनले भने, ‘यो दलाल पुँजीवादी व्यवस्थाले युवालाई देशबाट लखेटेर आफ्नो सत्ता टिकाउने काम गरिरहेको छ । यो व्यवस्थाभित्र रहेर पात्र फेर्दैमा युवाको भविष्य बन्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij