२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पार्टी एकता बारे छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

पार्टी एकता बारे छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

गण्डकी टाइम्स
आइतवार, भाद्र १ २०८२
गण्डकी टाइम्स
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ । मंगलबार बिहान ११ बजे बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक आव्हान गरेका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन र स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको तयारी लगायतका विषयमा छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । बैठकमा केन्द्रीय समितिको बैठकको मिति र विप्लव नेतृत्वको नेकपासँग गर्ने भनिएको पार्टी एकतालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij