२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

तीजको मूल सम्बन्ध संयम र आत्म-अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री ओली

तीजको मूल सम्बन्ध संयम र आत्म-अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री ओली

गण्डकी टाइम्स
सोमवार, भाद्र ९ २०८२
गण्डकी टाइम्स
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएकोमा असन्तुष्टि पोखेका हुन् । उनले भनेका छन्– 'तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्।' संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको उनले उल्लेख गरे । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउँछ भन्ने चर्चा गर्न थालेको ओलीले बताएका छन् । उनले सन्देशमा भनेका छन्– 'संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्। सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना !'

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij