राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।
संघीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भइन् । यद्यपि, यसको औपचारिक घोषणा बुधबार दिउँसो ३ बजे बस्ने समिति बैठकमा हुनेछ ।
उनले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवार दर्ता गरेकी हुन् । पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् । एकल उम्मेदवारी परेपछि भोलि दिउँसो ३ बजे बस्ने बैठकले सर्वसम्मत भएको घोषणा गर्नेछ ।
प्रतिक्रिया