२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठकको मिति सारियो

कांग्रेस केन्द्रीय समिति बैठकको मिति सारियो

गण्डकी टाइम्स
शनिवार, आश्विन २५ २०८२
गण्डकी टाइम्स
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौं, २५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २८ गते बस्ने भएको छ । शनिबार (असोज २५) पार्टी कार्यालय सानेपामा भएको पदाधिकारीको छलफलबाट केन्द्रीय समितिको बैठकको मिति दुई दिन पर सार्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । तयारी नपुगेको भन्दै असोज २६ गतेका निम्ति निर्धारित केन्द्रीय समितिको बैठकको मिति दुई दिन पर सारिएको छ । तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका विषयमा एकमत हुन सकेन । सोही कारण केन्द्रीय समिति बैठकको मिति सारिएको हो । प्रवक्ता महतले केन्द्रीय समिति बैठकअघि औपचारिक र अनौपचारिक छलफल गरेर महाधिवेशनका विषयमा साझा धारणा बनाइने बताए । छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा सबैको मत भए पनि व्यावहारिक मितिका विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij