अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा सुशिल कार्की चयन, को हुन् कार्की ?
अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा सुशिल कार्की चयन, को हुन् कार्की ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
चितवन, ३० असोज । अखिल (क्रान्तिकारी) चितवन जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनले इन्जिनियर सुशिल कार्की (अब्दुल) लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको छ।
सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष चोक ब. गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्। त्यस्तै, सचिवमा सिद्दान्त मगर र सह–सचिवहरूमा अनुस्का मानन्धर, युनिक सापकोटा, सुसान्त बिसुराल, मधुसुधन अधिकारी, बिकसित शर्मा र सुरज परियार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी उपास्ना भण्डारीले सम्हाल्ने भएकी छिन्।
शैक्षिक रूपमा पनि अग्रणी रहेका अध्यक्ष कार्कीले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र व्यवस्थापन (एमबीए) मा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। अध्यक्ष कार्कीले जिम्मेवारी ग्रहणपछि भने, 'हाम्रो पुस्ता नयाँ विचार र नयाँ ऊर्जा बोकेर आएको हो, अब संगठनलाई नयाँ उचाइमा पु-याउने जिम्मेवारी हाम्रो हो।' जेन-जी पुस्ताको ऊर्जा, नवीन दृष्टि र परिवर्तनप्रतिको दृढताले भरिपूर्ण कार्कीको नेतृत्वमा अब अखिल (क्रान्तिकारी) चितवनले संगठन सुदृढीकरण, नीति निर्माण र विद्यार्थी अधिकारका आन्दोलनलाई नयाँ उचाइमा पु-याउने विश्वास गरिएको छ।
सुशिल कार्की (अब्दुल):
पछिल्ला १५ वर्षदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका कार्कीले संगठन, विचार र नेतृत्वको सशक्त संयोजनमार्फत विद्यार्थी राजनीतिमा नयाँ सोच र दिशाको स्थापना गर्न सफल भएका छन्।
अखिल (क्रान्तिकारी) मा आफ्नो राजनीतिक यात्राको क्रममा उनले एनपिआइ समिति संयोजक, जिल्ला प्राविधिक समिति इञ्चार्ज र जिल्ला समिति सचिवका रूपमा संगठन सुदृढीकरण, कार्यकर्ता अनुशासन र विचारगत स्पष्टताको अभियान अघि सारेका थिए।
शैक्षिक रूपमा पनि अग्रणी रहेका कार्कीले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेका छन्। अध्ययन र नेतृत्वको संयोजनमार्फत उनले युवा पुस्ताको प्रतिनिधित्व, आधुनिक सोच र क्रान्तिकारी चेतनाको पुल निर्माण गर्दै आएका छन्।
प्रतिक्रिया