२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुदन किरातीको नयाँ प्रस्ताव: प्रचण्डलाई सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदलौं

सुदन किरातीको नयाँ प्रस्ताव: प्रचण्डलाई सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदलौं

गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८२
गण्डकी टाइम्स
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ, १६ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टी रुपान्तरणका लागि पाँच बुँदामा आधारित लिखित प्रतिबद्धता गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। किरातीले आफ्नो फेसबुक स्टाटस मार्फत पार्टीभित्रको सहयात्रा अब केवल “लिखित प्रतिबद्धता”का आधारमा मात्र सम्भव हुने बताएका छन्। उनले माओवादी केन्द्रलाई नयाँ संरचना, जिम्मेवारी र पुस्तागत सन्तुलनको माध्यमबाट रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। किरातीले निम्न विषयमा लिखित प्रतिबद्धता हुदाँ मात्र यात्रासंगै गर्न सकिने उल्लेख गरेका छन् , १. विधान संशोधन र नयाँ संरचना निर्माण: पार्टीको अधिकार बाँडफाँड गरी आवश्यक परे संरक्षकले पार्टी विघटन गरी अधिवेशनसम्म घोषणा गर्न सक्ने व्यवस्था गर्नुपर्ने। २. अशुद्ध एकता रोक्ने: पार्टी, आन्दोलन र ‘जेन-जी’ विद्रोहको भावना विपरीत व्यक्ति वा समूहसँग भइरहेको अपूर्ण र अपवित्र एकता प्रक्रिया तत्काल रोक्नुपर्ने। ३. प्रचण्डलाई संरक्षक बनाउने प्रस्ताव: पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाई, पदाधिकारीहरुलाई निर्देशक समिति (Director Committee) मा रूपान्तरण गर्नुपर्ने। ४. केन्द्रीय राजनीतिक समिति गठन: स्थायी समिति र अग्रज नेताहरूको सहभागितामा राष्ट्रिय महत्त्वका निर्णय र सांसद छनोट गर्ने अधिकारसहितको केन्द्रीय राजनीतिक समिति गठन गर्नुपर्ने। ५. तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी: नयाँ पुस्तालाई नेतृत्वमा ल्याई पुरानो पुस्ताको अनुभव र जेन-जी पुस्ताको उर्जा संयोजन गरेर पार्टीलाई पुनः गतिशील बनाउनुपर्ने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij