२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बाबुराम र जनार्दनबाट ‘सँगै काम गरौं’ भन्ने प्रस्ताव आयो: मनिस झा

बाबुराम र जनार्दनबाट ‘सँगै काम गरौं’ भन्ने प्रस्ताव आयो: मनिस झा

गण्डकी टाइम्स
बिहिवार, कार्तिक २० २०८२
गण्डकी टाइम्स
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौँ, २० कात्तिक। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का पूर्वनेता जनार्दन शर्माले रास्वपाको नेतृत्व लिन इच्छा देखाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिस झाले बताएका छन्। चितवनमा शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकको पूर्वसन्ध्यामा पत्रकारहरूसँग कुरा गर्दै उनहाँले यस्तो बताएका हुन्। बिहीबार बिहान रास्वपाका कार्यवाहक सभापतिसँग भट्टराई र शर्माको भेट भएको पुष्टि गर्दै प्रवक्ता झाले सँगै काम गरौं भन्ने प्रस्तावमाथि छलफल प्रारम्भ भएको बताए। यद्यपि, उनले यो छलफल निष्कर्ष र निर्णयको तहमा नपुगिसकेको स्पष्ट पारे। पत्रकारले ‘उहाँहरूले नेतृत्व लिन चाहेको हो ?’ भनी सोधेको प्रश्नमा झाले राजनीतिमा नेतृत्वको दाबी गर्नु स्वाभाविक भएको टिप्पणी गरे। ‘राजनीतिमा सबैले नेतृत्वको दाबी गर्नु स्वाभाविक हुन्छ,’ उनले भने, ‘तर यदि तपाईं कसैलाई पछ्याउन तयार हुनुहुन्न भने, तपाईं नेतृत्व गर्न पनि तयार हुनुहुन्न।’ झाले सहकार्यका विभिन्न मोडालिटीमा छलफल खुला रहेको बताए। उनका अनुसार, राजनीतिक गठबन्धन बनाउने, सँगै चुनाव लड्ने, एकअर्कालाई सघाउने वा एकअर्कालाई ‘डिस्टर्ब’ नगर्ने जस्ता विभिन्न विकल्पमा कुराकानी भइरहेको छ। ‘कुरा गर्दागर्दै कुरा बन्ने हो,’ उनले भने। भट्टराई र शर्मा रास्वपामा नै प्रवेश गर्ने सम्भावना समाप्त भयो त भन्ने प्रश्नमा झाले भने ‘अहिलेसम्म एकअर्कालाई दुख्ने गरी राजनीतिक कटाक्ष सुरु भएको छैन, त्यसैले सम्भावना यथावत् छ,’ उनले भने, ‘जबसम्म त्यस्तो हुँदैन, तबसम्म सम्भावना जीवित रहन्छ।’  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij