२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेसँग मिलेर सरकार बनाउनु नै गल्ती भयो : गगन थापा

एमालेसँग मिलेर सरकार बनाउनु नै गल्ती भयो : गगन थापा

गण्डकी टाइम्स
शनिवार, कार्तिक २९ २०८२
गण्डकी टाइम्स
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौं, २९ कात्तिक। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भएको बताएका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै थापाले एमालेसँग मिलेर सरकार बनाउँदा नै अहिलेको अवस्था आएको बताएका हुन् । आफूले एमालेसँग मिल्दै हुँदेन भनेर अडान राख्दा सभापति शेरबहादुर देउवाले नमानेको भन्दै थापाले आफूले निर्णय गर्ने बेलामा तपाइँको प्राइभेट कम्पनी हो ? भनरे प्रश्न सोधेको कुरा पनि स्मरण गरेका छन् । थापाले भने, 'एमालेसँग मिलेर सरकार बनाउनु नै गल्ती भयो । कुनै पनि हालतमा काँग्रेस एमालेको सरकार बनाउनु हुँदैन भनेर मैले भनेकै हो । म महामन्त्री भए पनि गठबन्धनको कुरा मैले पत्रिकामा पढेर थाहा पाएको हुँ ।' पदाधिकारी बैठकमा जानकारी मात्र दिइएको पनि उनले जानकारी दिएका छन् । उनी भन्छन्, 'मैले सभापतिको घरमा तपाईँको प्राइभेट कम्पनी हो यो भनेर ? भनेको हुँ । तपाईँले निर्णय गर्ने भोलिपल्ट हामीलाई बताउने ? तपाईँहरूले हेर्दै गर्दा बुढानीलकण्ठमा पदाधिकारी बसिरहेका छन् भन्ने हुन्थ्यो। हाम्रो हालत त हामीलाई थाहा थियो।’ पार्टी सभापतिको प्रतिवाद गरेर निर्णय हुन दिनु गल्ती भएको पनि उनले बताएका छन् । उनी भन्छन्, 'सभापतिले भइहाल्यो भाइ, अब छलफल गरेर गरौँला भन्नुभयो । मैले उक्त कुरा मान्नु पनि गल्ती थियो ।'

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij