२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने भनेर झगडा गर्ने होइन : डा. भट्टराई

घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने भनेर झगडा गर्ने होइन : डा. भट्टराई

गण्डकी टाइम्स
शनिवार, कार्तिक २९ २०८२
गण्डकी टाइम्स
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ, ३० कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ।' उनले थप भने– 'घरमा आगो लागेको वेला को ठुलो कोठामा सुत्ने, कसले ठुलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने सङ्कल्प गर्ने बेला हो।' सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा नगर्ने डा भट्टराईले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij