२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

गण्डकी टाइम्स
बुधवार, मंसिर ३ २०८२
गण्डकी टाइम्स
बुधवार, मंसिर ३ २०८२
  • काठमाडौं, ४ मङ्सिर। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको ११औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्नेछ । सचिवालय बैठकमा शनिबार काठमाडौंमा गर्ने भनिएको वृहत प्रदर्शन र सभाका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए । यसैगरी, एमालेले विघटित प्रतिनिधिसभा पुनस्थापनाका लागि रिट दर्ता गर्ने विषयमा पछि छलफल गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij