२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

गण्डकी टाइम्स
शनिवार, मंसिर २७ २०८२
गण्डकी टाइम्स
शनिवार, मंसिर २७ २०८२
  • [audio wav="https://gandakitimes.com/media-file/images/2025/12/download-3.wav"][/audio] काठमाडौं, २७ मंसिर। नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक भएको छ । पार्टीको सचिवालय बैठकले विधानअनुसार मनोनीत गरेका यी प्रतिनिधिसँगै महाधिवेशनमा कुल २ हजार २६२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । यद्यपि, यो सूची सार्वजनिक हुनासाथ पार्टीभित्र विवाद उत्पन्न भएको छ । अध्यक्ष पदका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत सूचीप्रति गम्भीर असहमति जनाएका छन् । शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र आफू बसेर १०८ जना प्रतिनिधि टुंगो लगाउने सहमति भएको थियो । सोही सहमतिअनुसार आज बिहान दुवै नेताबीच छलफल हुने कुरा भएको तर सहमति विपरीत एकलौटी रूपमा सूची प्रकाशित गरिएको पोखरेलले बताएका छन्। ‘आज प्रकाशित सूची हिजो अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको नामावली मात्र हो’, उनले भने, ‘मैले हिजै आफ्नो समूहबाट अलग सूची प्रस्तुत गरेको थिएँ । दुवै सूचीबीच सहमति खोज्ने निर्णय भएको थियो, तर त्यो सहमति उल्लङ्घन गरियो ।’ मनोनीत प्रतिनिधिको छनोटमा ओली र पोखरेल समूहबीच ६०/४० अनुपातमा भागबन्डा भएको बताइए पनि पोखरेल पक्षले यो प्रक्रियालाई एकपक्षीय भएको आरोप लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij