२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–२ बाट चक्रे मिलन एमालेको उम्मेदवारमा सिफारिस

गोरखा–२ बाट चक्रे मिलन एमालेको उम्मेदवारमा सिफारिस

गण्डकी टाइम्स
शुक्रवार, पौष १८ २०८२
गण्डकी टाइम्स
शुक्रवार, पौष १८ २०८२
  • गोरखा, १८ पुस । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा चक्रे मिलन भनेर चिनिएका मिलन गुरुङको नाम सिफारिस गरेको छ । गोरखा निर्वाचन क्षेत्रीय कमिटीले शुक्रबार गुरुङको नाम सिफारिस गरेको हो। देशभर मिलन गुरुङ (चक्रे मिलन)नामले परिचित उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको दाबी गर्छन् । कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको भएपनि आफू एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको बताउने गरेका छन् । ‘म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो’ सिफारिस भएका गुरुङको गुनासो छ । गुरुङले उम्मेदवार बन्ने विषय व्यक्तिगत इच्छाभन्दा पनि स्थानीय जनसमुदाय, विशेष गरी युवा तथा नवयुवा पुस्ताको निरन्तर माग र दबाब रहेको प्रतिक्रिया दिए । गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएका कारण गोरखाली जनताले आफूलाई जिताएर संसद्‌मा पठाउनेमा ढुक्क रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij