काठमाडौं, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीबाट एकपछि अर्को गर्दै पाँच जना उम्मेदवारले नाम फिर्ता लिएपछि राजनीतिमा नयाँ बहस सुरु भएको छ। बन्दसूचीबाट नाम फिर्ताको घटनालाई सामान्य उम्मेदवारी फिर्ताको रूपमा मात्र हेर्न नसकिने राजनीतिक विश्लेषकहरुले बताएका छन्। बरु यसले रास्वपाको भित्रको बालेन-कुलमान इन्ट्रीपछिको शक्ति–सन्तुलनको सुनुयोजित सन्देशलाई सतहमा ल्याइदिएको छ।
समानुपातिक सूचीमा परेका तर पछि विवादमा आउने अधिकांश उम्मेदवार बालेन-कुलमानको समूहका हुनेले पनि रैथाने रास्वपाको राजनीतिक रणनीतिलाई बुझ्न सकिन्छ। रास्वपाको समानुपातिक सूचीबात नाम फिर्ता लिनेमा डा. महेन्द्र लावती, त्रिशाला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पा रहेका छन्। यी सबै उम्मेदवारहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङको समुहबाट सिफारिस भएका हुन्। लावती र गुरुङ कुलमान कोटाबाट तथा बाँकी तीन जना बालेन कोटाबाट समानुपातिकको बन्दसूचीमा परेका थिए। समानुपातिक सूचीमार्फत रास्वपाको राजनीतिक सन्देश रास्वपाको समानुपातिक सूची सार्वजनिक भएदेखि नै पार्टीभित्र र बाहिर आलोचना र बहस जारी छ। उम्मेदवारी फिर्ताको यो श्रृंखलालाई संयोग मात्र मान्न नसकिने राजनीतिक वृत्तको बुझाइ छ। पार्टी नेतृत्वले बालेन–कुलमान समूहसँग जोडिएका अनुहारहरूलाई सूचीमा समावेश गरेर उनीहरूको राजनीतिक छनोट, प्राथमिकता र राजनीतिक नेटवर्क जनतामाझ खुला रूपमा देखाउने रणनीति अपनाएको आरोप रास्वपा सभापति रबि लामिछाने र उनको पुरानो टिममाथि लागेको छ। विश्लेषकहरूका अनुसार रास्वपाले सामाजिक सञ्जालमा अत्यधिक लोकप्रिय रहेका बालेनसँग प्रत्यक्ष टकराव नगरी समानुपातिक सूचीमार्फत उनको राजनीतिक समूह र क्षमता जनतामाझ छर्लङ्ग पार्ने खोजेको देखिन्छ। यसलाई बालेन–कुलमान समूहको पार्टीभित्रको प्रभाव परीक्षण गर्ने रणनीतिक कदमका रूपमा पनि हेरिएको छ। बालेन-कुलमानको राजनीतिक क्षमताको उजागर बालेन शाह युवा पुस्ता र सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् भने कुलमान घिसिङ सार्वजनिक सेवामा ‘नायक’को छवि बनाइसकेका व्यक्तित्व हुन्। तर रैथाने रास्वपाले लोकप्रियता मात्र राजनीति सञ्चालनका लागि पर्याप्त हुँदैन। समानुपातिक सूचीमा समेटिएका अनुहार सार्वजनिक भएपछि “यिनै हुन् बालेन–कुलमानको राजनीतिक टिम ?” भन्ने प्रश्न स्वाभाविक रूपमा उथाउने रणनीतिक प्रयास गरेको देखिन्छ। नाम फिर्ता लिने क्रमले यही प्रश्नलाई अझ बलियो बनाइदिएको छ। यसलाई रास्वपाले बालेन–कुलमानको राजनीतिक क्षमता र सागठानिक अवस्थामाथि अप्रत्यक्ष रुपमा चुनौती दिएको प्रस्ट संकेत गरेको छ। लिइएको छ। नाम फिर्ता : रैथाले रास्वपाको रणनीतिक योजना पाँचै जना उम्मेदवारले एकैपटक नाम फिर्ता लिनु सामान्य घटना होइन। केहीले यसलाई सार्वजनिक आलोचना, सामाजिक सञ्जालको दबाब र राजनीतिक असहजताको परिणाम मानिरहेका छन्। तर यथार्थ त्यो होइन रास्वपा रबि समुहको उद्देश्य बालेन-कुलमानको असली अवस्था जनताकामाझ देखाइदिने रणनीति लिएको देखिन्छ। यसरी हेर्दा रास्वपाले समानुपातिक सूचीलाई एक प्रकारको ‘राजनीतिक ऐना’का रूपमा प्रयोग गरेको बुझ्न सकिन्छ। निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सूची सच्याइने बताएर रास्वपाका सभापति रवि लामिछाने पार्टीभित्र अन्तिम निर्णय शक्ति कहाँ छ भन्ने स्पष्ट सन्देश दिन खोजेको देखिन्छ । रवि लामिछाने नेतृत्वको रास्वपा बाह्य रूपमा लोकप्रिय व्यक्तित्वहरूको प्रभावमा नपरी संगठनात्मक नियन्त्रण आफ्नो हातमै राख्ने रणनीतिमा देखिएको छ। समानुपातिक सूची विवादले यही सन्देश जनतासमक्ष पुगेको छ। रवि समुहको रणनीतिक योजना बुझेका कुलमानले त्यसै कारण छुट्टै समानुपातिक बन्दसूची बोकेर रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र संरक्षक कुलमान घिसिङका भाइ बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका थिए। यद्यपी आयोगले बन्दसूची बुझाउने समय सकिसकेको भन्दै लिन अस्वीकार गरेर फिर्ता पठाइदियो । निष्कर्ष बालेन–कुलमान कोटाबाट परेका उम्मेदवारहरूको नाम फिर्ता र त्यसले जन्माएको बहस केवल समानुपातिक सूचीको विवादमा सीमित छैन। यसले रास्वपा भित्रको शक्तिको सन्तुलनको रणनीतिसंगै राजनीति द्वन्द्वलाई समेत उजागर गरेको छ। रास्वपाको समानुपातिक बन्दसूचीको उम्मेदवारी फिर्ता बालेन–कुलमानको राजनीतिक ‘मुकुण्डो’ उतार्ने सुनियोजित रणनीति थियो कि पार्टीभित्रको शक्ति संघर्षको स्वाभाविक परिणाम, त्यो त समयसंगै खुल्दै जानेछ।