ओली-प्रचण्डबीच भेटवार्ता, तोडियो संवादहिनता
ओली-प्रचण्डबीच भेटवार्ता, तोडियो संवादहिनता
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २० पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। यो भेटसँगै ओली- प्रचण्डबीचको संवादहिनता अन्त्य भएको छ।
आइतबार बिहान उनीहरूबीच ललितपुरको च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ। संयोजक प्रचण्ड आजै साँझ भारतको नयाँ दिल्ली जान लागेका छन् । नयाँ दिल्ली जानु अघिको अध्यक्ष ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रचण्ड-ओलीबीच २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। उनीहरूबीच च्यासलस्थित एक घरमा भेटवार्ता भएको हो।
प्रतिक्रिया