२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रचण्डले पत्रकारलाई भने: प्रस्ट लेख्नुस् कसैसँग चुनावी गठबन्धन हुँदैन

प्रचण्डले पत्रकारलाई भने: प्रस्ट लेख्नुस् कसैसँग चुनावी गठबन्धन हुँदैन

गण्डकी टाइम्स
मंगलवार, पौष २२ २०८२
गण्डकी टाइम्स
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ, २२ पुस। नपाली कम्युनिष्ट पार्टीका संयेजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कसैसँग गठबन्धन नगर्ने बताएका छन्। आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धनको प्रयास भइरहेको चर्चाबीच प्रचण्डको यस्तो भनाई आएको हो। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनलेआगामी निर्वाचन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा कसैसँग कुनै गठबन्धन नहुने जिकीर गरे। ‘राष्ट्रिय सभा निर्वाचनमा केपी ओलीसँग गठबन्धन गर्दै हुनुहुन्छ भन्ने पनि छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘त्यस्तो केही गठबन्धनको कुरा केही भएको छैन।’ सञ्चारकर्मीले हिजो एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको प्रशंग निकालेपछि प्रचण्डले जवाफ दिए, ‘भेटघाट गर्ने कुरा त पहिला राष्ट्रपतिकहाँ पनि भेटघाट भएकै थियो। प्रधानमन्त्रीकहाँ पनि भेटघाट भएकै थियो। तर, कुनै गठबन्धन भएको छैन। हुँदैन पनि।’ उनले थप जोड दिँदै भने, ‘तपाईंहरू लेख्नुस् गठबन्धन हुँदैन। प्रस्ट लेख्नुस् गठबन्धन हुँदैन।’ उनले आफू रवि–बालेन एकताबाट नडराएको पनि जिकीर गरे। आफू नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै लामिछानेसँग कुरा गर्न कुनै आइतवार कुर्नु नपर्ने प्रचण्डको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij