भृकुटीमण्डपमा जारी कांग्रेस विशेष महाधिवेशनमा गोरखाबाट २१ प्रतिनिधि अनुपस्थित (नामावलीसहित)
भृकुटीमण्डपमा जारी कांग्रेस विशेष महाधिवेशनमा गोरखाबाट २१ प्रतिनिधि अनुपस्थित (नामावलीसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, २९ पुस । नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा गोरखाबाट निर्वाचित २१ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छैनन् ।
केही प्रतिनिधिहरू महाधिवेशन स्थलमा देखिए पनि हस्ताक्षर नगरेको बताइएको छ। महामन्त्री गगन थापाको बलियो पकट मानिने गोरखा जिल्लाबाट यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
विशेष महाधिवेशनमा गोरखाबाट सहभागी नभएका महाधिवेशन प्रतिनिधिहरूमा किरण बाबु श्रेष्ठ, राजेन्द्र बज्गाई, जगत बहादुर बराम, चेत बहादुर अधिकारी, रेशम गुरुङ, धन बहादुर गुरुङ, महोन पोखरेल, बेद प्रसाद काप्री, चेतमान श्रेष्ठ, ओम बहादुर गुरुङ, हरि घले, तिलु घले, सलाउदिन मिया, पिताबर बडु, सुरेन्द्र भण्डारी, इन्द्र गुरुङ, नवीन श्रेष्ठ, फडिन्द्र भट्ट, फडिन्द्र धिताल र अशोक कुमार गुरुङ रहेका छन्।
प्रतिक्रिया