२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

चर्चित अभियान्ता तथा राजनीतिकर्मी सुमन सायमी नेकपामा प्रवेश गर्ने

चर्चित अभियान्ता तथा राजनीतिकर्मी सुमन सायमी नेकपामा प्रवेश गर्ने

गण्डकी टाइम्स
मंगलवार, पौष २९ २०८२
गण्डकी टाइम्स
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं, २९ पुस । काठमाडौँका चर्चित अभियन्ता तथा राजनीतिककर्मी सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन्। चुनावको केही समय अगाडि उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिए। उनले भोलि पुस ३० गते आफू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेको जानकारी दिए। एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा राखिएको छ। २०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए। त्यसबेला १३ हजार ७७० जना मतप्राप्त गरेका थिए । महानगरका मेयर बालेन्द्र शाहसँग राम्रो सम्बन्ध राखेका सायमी पछिल्लो समय उनको क्रियाकलापबाट चर्को असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij