रसियन मिडियासँग ओलीले भने: ‘जेन–जी आन्दोलन आकस्मिक होइन, दीर्घकालीन योजनाको परिणाम’
रसियन मिडियासँग ओलीले भने: ‘जेन–जी आन्दोलन आकस्मिक होइन, दीर्घकालीन योजनाको परिणाम’
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ३० पुस। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार पतन गराउने जेन–जी नेतृत्वको आन्दोलन आकस्मिक नभई दीर्घकालीन योजनाको परिणाम भएको दाबी गरेका छन्। आरटी इन्डियासँगको अन्तर्वार्तामा ओलीले सेप्टेम्बरमा भएको आन्दोलन दक्षिण एशियामा देखिएको व्यापक अस्थिरताको हिस्सा भएको बताएका छन्। उनले श्रीलंका र बंगलादेशमा पछिल्ला वर्षहरूमा भएका आन्दोलनसँग तुलना गर्दै नेपालमा भएका घटनाहरू संयोग मात्र नभएको तर्क गरे।
गत साता आन्दोलनमाथि भएको दमनबारे छानबिन गरिरहेको सरकारी आयोगलाई बयान दिएपछि आरटी इन्डियासँगको अन्तर्वार्तामा ओलीले सेप्टेम्बरमा भएको आन्दोलन क्षेत्रीय ढाँचासँग मेल खाने बताए। उनले श्रीलंका र बंगलादेशमा हालै भएका आन्दोलनसँग तुलना गर्दै नेपालमा भएको घटना संयोग मात्र नभएको दाबी गरे।
“सुरुदेखि नै मानिसहरू कुरा गरिरहेका थिए,” ओलीले भने, “छिमेकी देशहरूमा भएका आन्दोलनका सन्दर्भहरू आन्दोलन सुरु हुनु अघिदेखि नै नेपालमा फैलिरहेका थिए।” उनका अनुसार यो आन्दोलन युवाहरूको स्वस्फूर्त आक्रोश मात्र नभई विश्वव्यापी रूपमा फैलाइएका विचार र सूचनाबाट प्रभावित योजनाबद्ध प्रयास थियो।
गुप्तचर निकायबाट पूर्वसूचना आएको थियो कि थिएन भन्ने प्रश्नमा ओलीले औपचारिक चेतावनी आवश्यक नरहेको बताए। “श्रीलंका आफैंले चेतावनी दिइरहेको थियो, बंगलादेशले पनि,” उनले भने। यद्यपि, सरकारले समयमै प्रभावकारी प्रतिक्रिया दिन नसकेको स्वीकार गर्दै उनले अवस्था चाँडै “हाम्रो क्षमताभन्दा बाहिर” गएको बताए। आन्दोलनमाथि राज्यले गरेको दमनबारे छानबिन जारी रहँदा ओलीको भनाइ आएको हो। यसै महिनाको सुरुमा उनले छानबिन आयोगलाई आफ्नो निवासमै बयान दिएका थिए।
प्रतिक्रिया