२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रवि लामिछाने भन्छन्: 'चुनाव रोक्न भित्रभित्रै जुँगा मुसार्ने काम भइरहेको छ'

रवि लामिछाने भन्छन्: 'चुनाव रोक्न भित्रभित्रै जुँगा मुसार्ने काम भइरहेको छ'

गण्डकी टाइम्स
बिहिवार, माघ २२ २०८२
गण्डकी टाइम्स
बिहिवार, माघ २२ २०८२
  • काठमाडौँ, २२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन रोक्ने प्रयास नगर्न चेतावनी दिएका छन्। चुनावी अभियानका क्रममा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ पुगेका लामिछानेले निर्वाचनको विकल्प नभएको भन्दै यसलाई भाँड्ने षड्यन्त्र नगर्न पुराना दलहरूलाई चेतावनी दिएका हुन्। भरतपुर–११ स्थित शान्ति टोलमा भाडामा लिएको नयाँ निवासमा गृहप्रवेश गरेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, 'निर्वाचन छल्ने र भाँजो हाल्ने काम कसैले नगर्नुस्। अहिले पनि कसरी निर्वाचन रोक्ने भनेर भित्रभित्रै जुँगा मुसार्ने काम भइरहेको छ, हामी ती सारा इशारा बुझिरहेका छौँ। अब जनतालाई निर्णय गर्न दिनुपर्छ।' लामिछानेले आफूलाई घेराबन्दीमा पारेर लोकतन्त्रको विधिभन्दा बाहिरबाट हराउन खोजिएको आरोप समेत लगाए। 'जो–जो मिल्नु छ मिल्नुस्, तर हामीलाई लोकतान्त्रिक विधिबाट हराउनु, झेली गरेर वा छलछाम गरेर हराउन पाइँदैन,' उनले भने, 'चितवनले निलो क्रान्तिको बीउ रोपेको छ, अब देशभरि नै यसले परिवर्तनको लहर ल्याउनेछ।'

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij