काठमाडौं, ९ जेठ। नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै कित्तामा नेताहरू बाँडिएका छन् ।
गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले सचिवालयको बैठकमा शुक्रबार बोलेका पाँच उपाध्यक्षमध्ये ४ जना ओलीको विपक्ष र एकजना पक्षमा देखिएका छन् ।
बैठकमा पाँचजना उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले अब ओलीले बिदा हुनुपर्ने धारणा राख्द पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादलल भने बचाउमा उत्रिएका छन्।