२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशनको तयारी अन्तिम चरणमा

रास्वपाका शीर्ष नेता चितवनमा, महाधिवेशनको तयारी अन्तिम चरणमा

गण्डकी टाइम्स
शनिवार, आषाढ ६ २०८३
गण्डकी टाइम्स
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौँ, ६ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी आज पूरा हुने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्। 

    अहिले महाधिवशेनका लागि आवश्यक ठाउँ व्यवस्थापन गर्ने काम चलिरहेको र आज सम्ममा ती सबै काम सकिने उनले बताएका हुन्।

    ‘प्रतिनिधिहरूको रजिस्ट्रेसनको काम चलिराखेको छ। त्यो पनि आजसम्म सकिन्छ’, उनले रासससँगको अन्तर्वार्तामा भनेका छन्, ‘पर्यवेक्षकहरूको सन्भर्दमा पनि आवश्यक काम भइरहेका छन्। समायोजनका केही कामहरू यस बिचमा जारी छन्। विधान संशोधनको मस्यौदा तयारी भइराखेको छ। यही असार ४ गते सम्पन्न पार्टीको सचिवालयको बैठकले महाधिवेशन तयारीका कामलाई निर्देशित गरेको छ।’

    महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशन तयारीका सिलसिलामा  पार्टीका शीर्ष नेता चितवनमा छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij