काठमाडौं, १० भदौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले प्रधानमन्त्रीसमक्ष राखेका प्रश्नको जवाफ दिने कार्यसूची आजको बैठकमा समावेश गरिएको छ । बैठकमा सांसदहरूले सरकारको नीति, कामकारबाही, समसामयिक विषय तथा जनसरोकारसँग सम्बन्धित विषयमा उठाएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रमलाई आजको बैठकको प्रमुख विषयका रूपमा हेरिएको छ । नेपालको सिमा बारे प्रधानमन्त्रीले गत संसदमा दिएको अभिव्यक्तिका कारण आजको संसदमा प्रधानमन्त्रीको प्रत्यक्ष सम्बादलाई महत्वको साथ हेरिएको छ।