२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

पक्राउ परेका सबै पत्रकार रिहा

पक्राउ परेका सबै पत्रकार रिहा

गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १४ २०८३
गण्डकी टाइम्स
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं। समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन् ।

    उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् । शुक्रबार प्रहरीले पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

    पत्रकार पक्राउ परेपछि विभिन्न सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले विरोध जनाएका थिए । घटनाको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री बालेन शाहले पक्राउ परेका सबैलाई रिहा गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका पत्रकारहरू रिहा भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij