पेट्रोलियम पदार्थको मुल्य समायोजन बारे
पेट्रोलियम पदार्थको मुल्य समायोजन बारे
गण्डकी टाइम्स
गण्डकी टाइम्स
पेट्रोलियम पदार्थको मुल्य बृद्दी वा मुल्य कटौती निम्न करणले भएको देखिन्छ । धेरै राजनितीकरण नगरौ ;
१. पेट्रोलियम पदार्थको मुल्य पूर्ण रुपमा अन्तराष्टृय कारणबाट नै निर्धारण हुने गर्दछ ।
२. पेट्रोलियम पदार्थ नेपाल भित्र कही कतै उत्पादन हुने बस्तु पनि होईन ।
३. इन्डियन आयलले नेपाल आयल निगमलाई प्रेत्यक १५,१५ दिनमा मुल्य पठाउने गर्दछ र सोही आधारमा नेपाल भित्र पेट्रोलियम पदार्थको मुल्य निर्धारण हुँदै आउने पद्द्तिको प्रणाली बिगत देखिकै हो ।
४ .इन्डियाको नेपाली सिमाना क्षेत्रमा अहिले पनि नेपाल भन्दा २५ रुपैया प्रती लिटर ले डिजल, पेट्रोलको मुल्य बढी छ, त्यसकारण नेपालबाटै भारत तिरै पेट्रोलियम पदार्थको तस्कारी हुने खतरा हुने हुँदा कम्तिमा पनि भारतिया सिमा क्षेत्र र नेपालमा पेट्रोलियम पदार्थको मुल्य समान हुन आबस्यक हुन्छ
।
५. सरकारले पेट्रोलियम पदार्थमा अनुदान दिएर मुल्य नियन्त्रन गर्ने कुरा नेपाल जस्तो बिकासोन्मुख देशको लागी त्यती उपयुक्त पनि हुँदैन र माथिको बुदा न ४ अनुसार तस्कारीको खतरा पनि हुन्छ ।
6. अन्तिम र महत्व पुर्ण बर्तमान तथ्य,
अहिले अमेरिकि डलरको मुल्य ज्यादै बढेर गएको स्थितिमा, नेपाल जस्तो बस्तुको आयत बढी हुने राष्ट्र्को अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर पर्नु स्वभबिक पनि हुन्छ त्यसकारण सरकारले ब्यपार घाटा सन्तुलन गर्न पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्नु को बिकल्प थिएन र भबिश्यमा पनि बिकल्प देखिदैन ।
प्रतिक्रिया